सुदूरपश्चिममा लागुऔषध नियन्त्रण कडाइ गर्न मुख्यमन्त्री शाहको निर्देशन
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रकाश रानाबीच आज भेटवार्ता भएको छ।
मुख्यमन्त्री निवासमा सम्पन्न भेटमा मुख्यमन्त्री शाहले प्रदेशमा बढ्दो लागुऔषध दुव्र्यसनलाई नियन्त्रण र निरुत्साहित गर्न प्रभावकारी कदम चाल्न निर्देशन दिए। उनले लागुऔषधले युवा पुस्तामा नकारात्मक असर पारिरहेको उल्लेख गर्दै यसको नियन्त्रणमा प्रहरीको भूमिकालाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए। साथै, समग्र सुरक्षा व्यवस्थालाई अझ मजबुत बनाउन पनि निर्देशन दिए।
जवाफमा प्रहरी प्रमुख रानाले लागुऔषध नियन्त्रण तथा शान्ति–सुरक्षाका क्षेत्रमा प्रदेश प्रहरी सक्रिय रूपमा काम गरिरहेको बताउँदै मुख्यमन्त्रीका निर्देशनहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।