प्रधानमन्त्री कार्की प्रमुख तीन दलका शीर्ष नेतासँग चुनाव तयारी र राजनीतिक वातावरणबारे छलफलमा
काठमाडौँ: प्रधानमन्त्री सुशीला कार्की प्रमुख तीन राजनीतिक दलका शीर्ष नेतासँग छलफलमा जुटेकी छिन्। आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि छलफल सुरु भएको हो।
छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल सहभागी छन्।
प्रधानमन्त्रीले चुनाव तयारी र वर्तमान राजनीतिक वातावरणबारे छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।