सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको जोशीपुर गाउँपालिकामा वडा अध्यक्षद्धारा वार्षिक समिक्षा कार्यक्रम बहिष्कार

२०७६ साउन २५, ०२:३१ खबर संवाददाता

कैलालीको जोशीपुर गाउँपालिकाका वडा अध्यक्षहरुले वार्षिक समिक्षा कार्यक्रम बहिष्कार गरेका छन्। अध्यक्ष र निमित्त प्रमुख प्रशासकिय अधिकृतले मनोमानी गरेको भन्दै  समिक्षा कार्यक्रम बहिष्कार गरेको गाउँपालिकाकाका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष विधीराम चौधरीले बताए। उनले गाउँपालिकाका अध्यक्ष राम कृष्ण चौधरी र निमित्त प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद शर्माले मनोमानी गरेका कारण आफू सहितका चार जना अध्यक्ष गत आर्थिक वर्ष २०७५÷७६ को वार्षिक समिक्षा कार्यक्रम बहिष्कार गरेको बताए।

उनले गाउँपालिका अध्यक्षले एकलौटी गर्दै प्रशासनिक ज्ञान समेत नभएका साविकको स्थानीय निकायमा नियुत्त भएका शर्मालाई प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिएको विरोधमा वडा नम्बर २ का अध्यक्ष हेमलाल डगौरा, वडा नम्बर ४ का अध्यक्ष लखनलाल चौधरी, वडा नम्बर ५ का अध्यक्ष देशराज चौधरी र वडा नम्बर ७ का अध्यक्ष जंग बहादुर थारुले कार्यक्रम बहिष्कार गरेका हुन्।

प्रवक्ता चौधरीले गाउँपालिकाका अध्यक्षले आफूखुसि निकटका व्यक्तिलाई कर्मचारीमा नियुक्ती दिएको, निमित्त प्रमुख प्रशासकिय अधिकृत शर्मालाई काखी च्यापेर वडा एकलौटी गरिरहेको, गाउँपालिकाले करार सेवामा राखेका कर्मचारीलाई हटाउँदै अनुकुलका व्यक्ति भर्ना गरेको आरोप समेत लगाए। यता गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले ती सबै आरोप गलत भएको दावी गरे। उनले वार्षिक समिक्षा चलिरहेको प्रतिक्रिया दिदै वडा अध्यक्षले बहिष्कार गर्दैमा फरक नपर्ने समेत बताए। 
 

कमेन्ट लोड गर्नुस