सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका एमाले नेता भट्ट रास्वपा प्रवेश गर्दै

२०८२ मंसिर २९, १०:२३ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरी नगरपालिकाका एमालेका पूर्व नेता गोकर्ण भट्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक धारणा राख्दै उनले रास्वपामा आवद्ध हुने जानकारी दिएका हुन्।

यसअघि भट्ट माओवादी केन्द्र हुँदै नेकपा (एमाले) मा सक्रिय थिए। उनले गत कार्तिक १४ गते एमाले पार्टी परित्यागको घोषणा गरेका थिए। भट्ट एमालेको प्रदेश कमिटी सदस्य समेत रहेका थिए।

राजनीतिक यात्राको क्रममा उनले २०७४ सालमा माओवादी केन्द्रको तर्फबाट गोदावरी नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दिएका थिए तर पराजित भए।

त्यसैगरी २०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट नगर प्रमुख पदमै प्रतिस्पर्धा गरे पनि उनी पराजित बनेका थिए।

आगामी स्थानीय तह निर्वाचनमा नगर प्रमुख पदकै उम्मेदवार बन्ने तयारीमा रहेका भट्ट रास्वपाबाट उम्मेदवारी दिने योजनासहित पार्टी प्रवेश गर्न लागेका हुन्। भट्टले केही दिनभित्रै रास्वपा प्रवेश गर्ने बताएका छन्।

कमेन्ट लोड गर्नुस