सुदूर नेपाललाई विश्वसँग जोड्दै

नस्ल सुधारका लागि अनुदानमा दिइएको बोका काटेर मासु

। फोटो स्रोत ।
२०७६ साउन २४, ११:३२ खबर संवाददाता

गोरखाको सिरानचोक गाउँपालिका–३, हर्मीमा नश्ल सुधारका लागि अनुदानमा वितरण गरेको उन्नत जातको बोका काटेर स्थानीयवासीले मासु भागबण्डा गरेका छन्। नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले भूकम्पपछिको जीविकोपार्जन कार्यक्रम अन्तर्गत पहिलेको हर्मी गाविस वडा नं ८ का स्थानीयका लागि बाख्रामा नश्ल सुधार गर्न भन्दै गएको मंसिरमा बोयर जातको उन्नत ब्याड बोका वितरण गरेको थियो।    

समूहले सामूहिकरुपमा सेवा लिने गरी वितरण गरिएको उन्नत जातको बोका काटिएको हो। ‘स्थानीय प्रकाश अधिकारीले पालनपोषण गर्नेगरी रेडक्रसले अनुदानमा उपलब्ध गराएको बोका आज इलाका प्रहरी कार्यालय हर्मीमा काटेर मासु भागबण्डा गरिएको हो’, वडाध्यक्ष वीरबहादुर गुरुङले भने।

उनले घरधनी अधिकारीले धेरै ऋण लागेर बेपत्ता भएकाले घरमा उनकोे आमा भएको र पालनपोषण गर्न नसक्ने भएपछि मासु काटेर बिक्री गरिएको बताए। ‘प्रकाश घर छोडेर हिँडेपछि घरमा भएका अन्य बाख्रा, खसी, गाईभैँसी पनि लिलाम गरी समूहको ऋण बुझायौँ’ वडाध्यक्ष गुरुङले भने।   

वडाध्यक्ष गुरुङले मासु बिक्रीबाट १४ हजार ४०० रुपैयाँ जम्मा भएको र सबै रकम घरधनीलाई उपलब्ध गराएको दावी गरे। नेपाल रेडक्रस सोसाइटी गोरखाका सभापति भगवान बाबु मास्केले झण्डै ३२ हजार रुपैयाँ तिरेर नश्ल सुधारका लागि गुल्मी र अर्घाखाँचीबाट बोका ल्याइएको र त्यो बोका काट्नु गलत भएको बताए।

वडाध्यक्ष वीरबहादुर गुरुङले भने, ‘३० हजार बराबरको त बोकाको बीमा गरिदिएका छौँ’, ‘पाल्न नसक्ने भए पनि हामी अर्काे किसानलाई वितरण गथ्र्यौं, उनीहरुले हामीलाई खबर पनि गरेनन्”  रेडक्रसले पहिलेको हर्मी गाविका नौ वटै वडामा नश्ल सुधारका लागि भन्दै बोयर जातको उन्नत ब्याड बोका वितरण गरेको थियो। रासस

कमेन्ट लोड गर्नुस