सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा राहत वितरण गर्दा हावाहुरी पीडितको सूचीबाट नाम हटाईएको आरोप

२०७६ साउन २३, ०४:३४ रोशन भट्ट

धनगढीमा राहत वितरण गर्दा वास्तविक पीडितलाई छुटयाएको आरोप लागेको छ। गत जेठ २३ मा चलेको हावाहुरीले पीडित भएकाहरुले राहत वितरणमा विभेद गरेको आरोप लगाएका छन। लगत संकलन गर्दा सबैको गरिएपनि वितरण गर्ने बेला सूचीबाटै नाम हटाईएको भन्दै विरोध गरिएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ८ को कार्यालयले चार सिय ९६ हावाहुरी पीडित परिवारको लगत संकलन गरी जिल्ला प्रसासन कार्यालय पठाएकपनि ९४ जनाले मात्र राहत पाएका छन्।

हावाहुरीबाट घर पूर्ण क्षती भएको बताउँने स्थानीय नन्दकली रानाले लगत संकदलन गरिएपनि अहिले पीडितको सूचीबाट नै नाम हटाइएको बताईन्। उनले आफ्नो नाम आशिंक क्षती भएको सूचीमा पनि नआएको गुनासो गरिन्। वडा नम्बर ८ कै स्थानीय रामकुमारी चौधरीले पनि राहातका लागि वडा कार्यालय पुगेपनि सूचीमा नाम नै समावेश नभएको गुनासो गरिन्। हावाहुरीबाट पूर्ण र आंशिक क्षती भएका परिवारलाई राहत वितरण गर्ने भनिएपनि विभेद गरिएको आरोप लगाईन्।

राहत वितरणमा ढिलाई गरिएको भन्दै सरकारको आलोचना भईरहेका वेला वास्तविक पीडितको नाम नै सूचीबाट हटाईएपछि आक्रोशित भएका छन्। क्षतीको लगत संकलनकै क्रममा लापरवाही गरिएका कारण वितरण गर्न झनै समस्या भएको हो। वडा नम्बर ८ का पीडित परिवारलाई प्रदेश सरकारको राहत कोषबाट सहयोग गर्ने भनिएपनि राजनिती गरेको आरोप स्थानीय गाजु रानाले लगाए। वडा कार्यालयका अनुसार चार सय ९६ जनको विवरण संकलन गरि पठाईएको थियो।

जसमा ९६ परिवारकोे पूर्ण क्षती एवं ४ सय परिवारको आंशिक क्षती भएको भन्ने विवरण राखिएको वडा अध्यक्ष नारायण प्रसाद वरालले बताए। तर प्रदेश सरकारले भने ९४ परिवारको मात्र नाम सार्वजनिक गरेपछि स्थानीय विरोधमा उत्रिएका छन्। राहत पाउने ९४ परिवार पनि आंशिक क्षती भएकामा परेका छन। उनीहरुले पाँच हजारका दरले राहत बुझिरहेको वडा कार्यालयले जनाएको छ।

वडा अध्यक्ष वरालले भने उप–महानगरपालिका र प्रदेश सरकारलाई आग्रह समेत वेवास्ता गरेको आरोप लगाए। माथिल्लो निकायले गरिरहेको लापरवाहीका कारण आफूहरु समस्या परेको गुनासो समेत गरे। 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस