सुदूर नेपाललाई विश्वसँग जोड्दै

डेंगुका कारण एक युवकको मृत्यु

२०७६ साउन २३, ०४:२७ खबर संवाददाता

बंगलादेशमा डेंगुका कारण एक युवकको मृत्यु भएको छ। उच्च ज्वरोको कारण अस्पताल भर्ना भएको ३ दिनपछि बुधबार बंगलादेशको टंगेलको कुमुदिनी अस्पतालमा २८ वर्षीय अरिफ हुसेन काजोलको मृत्यु भएको अस्पतालका निर्देशक डा प्रदिप कुमारले बताएका छन्। काजोल उर्वसी युनियन उपजिल्लाका रहेको बताउंदै उनले भने, काजोललाई उच्च ज्वरोका कारण अगस्ट ४ गते भर्ना भएपनि, उनलाई रगत  चढाउनु भन्दा पहिला नै उनको मृत्यु हुन पुग्यो।’

निर्देशकका अनुसार अहिलेसम्म अस्पतालमा १०४ जना डेंगुका बिरामी आएकोमा ९१ जना उपचार पश्चात घर फर्किसकेका छन्। आकस्मिक स्वास्थ्य सञ्चार केन्द्र र स्वास्थय सेवा महानिर्देशनालयको तथ्यांक अनुसार मर्नेको संख्या २३ पुगेको छ। महानिर्देशनालयले निकालेको प्रेस विज्ञप्तीका अनुसार अहिलेसम्म सरकारी र निजी अस्पताल दुवै गरी ८ हजार ७०७ जनाको उपचार भइरहेको छ भने जनवरी देखि अगस्ट ७ सम्म ३२ हजार ३४० जना डेंगेबाट प्रभावित भएका छन्।
 

कमेन्ट लोड गर्नुस