अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च
काठमाण्डौ: अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
अमेरिकी डलर एकको खरिददर आजका लागि १ सय ४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । यस्तै, यूरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलरलगायतका विदेशी मुद्राको भाउ पनि बढेको छ ।
युरोपियन युरो एकको खरिददर १ सय ६६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १ सय ६७ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ८९ रुपैयाँ ४३ पैसा र बिक्रीदर १ सय ९० रुपैयाँ २२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ७८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १ सय ७९ रुपैयाँ ०७ पैसा कायम गरिएको छ ।
त्यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिददर १ सय २ रुपैयाँ ४२ पैसा र बिक्रीदर १ सय २ रुपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय १० रुपैयाँ ५६ पैसा र बिक्रीदर १ सय ११ रुपैयाँ ०२ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३० पैसा र बिक्रीदर २० रुपैयाँ ३८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५४ पैसा कायम भएको छ ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने उल्लेख छ ।