सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश सरकारप्रति १० प्रतिशत पनि सकारात्मक कुरा पाइएनः मुख्यमन्त्री शाह

२०८२ मंसिर १४, १२:३० नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेश र प्रदेश सरकारप्रति १० प्रतिशत पनि सकारात्मक कुरा नसुनेको मुख्यमन्त्री कमल बहादुर शाहले बताएका हुन्। उनले बाजुरा जिल्लाको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश संरचना र प्रदेश सरकारप्रति जनता सकारात्मक नभएको बताएका छन्।

मुख्यमन्त्री शाहले प्रदेशका सबै जिल्लामा आफूले गरेको भ्रमणको सिलसिलामा आयोजित कार्यक्रममा प्रदेश सरकारप्रति दस प्रतिशत पनि सकारात्मक कुरा फेला नपरेको मुख्यकन्त्रीले बताएका हुन्। उनले भनेका छन्, 'म सबै जिल्ला पुगेँ, अन्तरक्रिया गरेँ, छलफल गरेँ, प्रदेशप्रति, प्रदेश सरकारप्रति सकारात्मक कुरा मैले दस प्रतिशत पनि पाएन।'

मुख्यमन्त्री शाहले अगाडि भनेका छन्, 'यथार्थ बोल्नु पर्छ, के यो बसहको विषय हो त?' संघीयता गणतन्त्रसँग जोडिएर आवश्यक छ भनेर ल्याइएको तर्क मुख्यमन्त्रीले गरेका छन्। उनले अगाडि भने, 'आवश्यक भएर ल्याइएको प्रदेश संरचना फेलियर भो भन्दै छौँ। जिल्ला भ्रमणमा सकारात्मक, रचनात्मक कुरा कुनै कोणबाट आएन। सकारात्मक कुरा हुँदाहुँदै भ्रम सिर्जना गरिएको छ।'

प्रदेशप्रति भ्रम सिर्जना गरेर प्रदेश आवश्यक छैन भन्ने ठाउँमा पुग्न लागेको भन्दै मुख्यमन्त्रीले चिन्ता व्यक्त गरेका छन्। उनले सबै कुरामा विचार विमर्श गरेर संघ, प्रदेश र स्थानीय तह कुन ठाउँमा छ भनेर बुझ्नुपर्ने बताएका छन्।

मुख्यमन्त्री शाहले संघ र स्थानीय तहका जनप्रतिनिधले प्रदेशका जनप्रतिनिधिको अस्तित्व नस्वीकार्ने परिस्थिति विकास भएको बताएका छन्। मुख्यमन्त्री शाहले संघ, प्रदेश र स्थानीय तहबिच समन्वय, सहकार्य र सहअस्तित्व हुन नसकेको बताएका छन्।

आफूले स्थानीय तहसँग समन्वय र संवादको थालनी गरेको बताएका छन्। स्थानीय तहसँग योजना माग गर्दा डोकाका-डोका योजना पठाउने काम भएको मुख्यमन्त्री शाहले बताएका छन्।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस