सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट एमालेका २६ जना महाधिवेशन प्रतिनिधि छानिए

२०८२ मंसिर १४, १०:१६ खबर संवाददाता

कैलालीः  सुदूरपश्चिममा सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको कैलालीबाट नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि २६ जना प्रतिनिधि चयन भएका छन् । प्रतिनिधि सभामा पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलालीबाट १४ पुरुष र १२ महिला गरी २६ जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । जसमध्ये कैलालीको क्षेत्र नं १, ४ र ५ मा निर्वाचनबाट र क्षेत्र नं २, ३ र दलित क्षेत्रका निर्विरोध रुपमा महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।   

शनिबार कैलाली क्षेत्र नं. १ मा प्रतिनिधि छनोटका लागि भएको निर्वाचन निर्वाचनबाट खुल्लातर्फ द्वारिकाप्रसाद न्यौपाने, ध्रुवराज खत्री, महिला प्रतिनिधिमा कमला शाही चौधरी, युवा प्रतिनिधिमा लक्ष्मी आचार्य विजयी भएका छन्। 

कैलाली क्षेत्र नं. २ मा सर्वसम्मत रुपमा प्रतिनिधि छनोट भएका छन् । २ मा कर्णबहादुर कुँवर, डेजी पाण्डे, नरबहादुर खड्का, महिलामा ममता रावल र लक्ष्मी शाही, युवामा पवित्राकुमारी माझी छनोट भएका छन्। क्षेत्र नं ३ मा चुल्लुराम चौधरी, करुणा बम, महिला इच्छा चौधरी, युवा प्रतिनिधिमा राजबहादुर बुढा छनोट भएका छन्।

क्षेत्र नं ४ मा भएको निर्वाचनमा चक्रबहादुर बोहरा, नरबहादुर तामाङ, भीमबहादुर देउवा, महिलातर्फ रत्ना कुँवर जोशी, शान्तिदेवी सिंह र युवा प्रतिनिधिमा सुद्धिराम चौधरी निर्वाचित भएका छन्। क्षेत्र नम्बर ५ मा प्रतिनिधि छनोटका लागि भएको निर्वाचनमा धर्मराज पाठक, नेपालु चौधरी, विष्णुकुमार चन्द, यज्ञराज ढुङ्गाना महिलातर्फ अम्बिका विष्ट मल्ल, रुक्मिणी देवकोटा र युवा प्रतिनिधि तिर्थराज भट्टराई निर्वाचित भएका छन। 

यस्तै, जिल्ला भित्रको दलित क्षेत्रबाट भानसिंह विक, प्रेम भूल र सावित्रा घिमिरे महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ । नेकपा एमालेका कैलालीमा १३ हजार ३६० जना सङ्गठित सदस्य रहेका जिल्ला सचिव ममताप्रसाद चौधरीले जानकारी दिएका छन्। 
 

कमेन्ट लोड गर्नुस