प्रचण्ड-माधव नेतृत्वको नेकपाको आज धनगढीमा एकता सन्देश सभा
धनगढीः नेपाली कम्युनिस्ट पार्टीले आज धनगढीमा एकता सन्देश सभा गर्ने भएको छ। विभिन्न वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि प्रदेशमा सन्देश सभा गरिने भएको हो।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह-संयोजक माधवकुमार नेपाल, नेता भीम रावललगायत धनगढीमा आज हुने कार्यक्रममा सहभागी हुने छन्।
सातै प्रदेशमा सन्देश सभा गर्न लागेको यो पार्टीले आज सुरुवात सुदूरपश्चिमबाट गर्न लागेको हो।
लुम्बिनीको देउखुरीमा मङ्सिर १३ गते, गण्डकीको पोखरामा मङ्सिर १४ गते, कोशीको विराटनगरमा मङ्सिर १५ गते सभा हुनेछ। साथै कर्णालीको सुर्खेतमा मङ्सिर १८ गते, मधेसको जनकपुरमा मङ्सिर २० गते र बागमतीको हेटौँडामा मङ्सिर २३ गते सभा हुने पार्टीले जनाएको छ।
धनगढीमा हुने एकता सन्देश सभामा सुदूरपश्चिमका सबै जिल्लाबाट पार्टी नेता र कार्यकर्ताको सहभागिता रहने नेता डाक्टर भीम रावलले बताएका छन्। उनले बिहान साढे ११ बजे धनगढी चौराहा र क्याम्पस चोकबाट जुलुस निस्केर धनगढी रङ्गशालामा सभामा परिणत हुने बताएका छन्।
सभामा भाग लिन संयोजक प्रचण्ड र सह-संयोजक माधव कुमार नेपाल धनगढी पुगेका छन्।