सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिनगर सशस्त्र प्रहरीद्धारा दश महिनामा ७५ लाख बराबरको अवैध सामान बरामद

२०७६ साउन १९, ०७:२० खबर संवाददाता

कैलालीको त्रिनगर भन्सार नाकामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५३ गुल्मले दश महिनाको अवधीमा झण्डै ७५ लाख बराबरको अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी नायब उपरिक्षक देव बहादुर चन्द गुल्म प्रमुख भएर आएपछि हाल सम्म भन्सार छली गरी ल्याउँदै गरेका ७५ लाख मूल्य बराबरका सामान बरामद गरी भन्सार दाखिला गरिएको जनाएको छ।

कैलाली भन्सार कार्यालयका निमित्त प्रमुख डिल्लु प्रसाद शर्माले चन्द सशस्त्र प्रहरी बल नेपाल नम्बर ५३ गुल्म प्रमुख भएदेखि हाल सम्म उक्त मूल्य बराबरका विभिन्न सामानहरु बरामद गरी सशस्त्र प्रहरीले भन्सार कार्यालयमा बुझाएको जानकारी दिए।

२०७५ असोज २३ देखि  सशस्त्र प्रहरी बल नेपाल नम्बर ५३ गुल्म कैलालीको प्रमुख भएर काम गरेका सशस्त्र प्रहरी नायब उपरिक्षक देव बहादुर चन्दको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण कञ्चनपुर सरुवा भएर गएका छन्। 

कमेन्ट लोड गर्नुस