सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका तीन जना लागुऔषधसहित पक्राउ

२०८२ कार्तिक २२, ०३:४७ खबर संवाददाता

धनगढी : कैलालीको धनगढीका तीन जना लागुऔषधसहित पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँका २० वर्षीय समिर राना, राजपुरका अंकित राना र बोराडाँडीका आसिक धानुक पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले कृष्णपुर नगरपालिका–९ राजघाटबाट उनीहरूलाई शनिवार दिउँसो पक्राउ गरेको हो। उनीहरूको साथबाट दुई ग्राम आठ सय पचास मिलिग्राम खरोहेराइन बरामद गरिएको छ। प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले बताएका छन्।

 

कमेन्ट लोड गर्नुस