सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा चोरी मुद्दाका अभियुक्त धामी पक्राउ

२०८२ कार्तिक १३, ०१:०० खबर संवाददाता

कञ्चनपुर: चोरी मुद्दामा अदालतले सुनाएको फैसला कार्यान्वयन गर्ने क्रममा कञ्चनपुर प्रहरीले एक अभियुक्तलाई पक्राउ गरेको छ।

जिल्ला कञ्चनपुर, दोधरा चाँदनी नगरपालिका–१ चक्कीबजारका २६ वर्षीय करनसिंह धामीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२ साल कात्तिक १२ गते निजकै घरबाट पक्राउ गरेको हो।

सम्मानित जिल्ला अदालत कञ्चनपुरले धामीलाई चोरी मुद्दामा ६ महिना कैद सजाय र दुई हजार रुपैयाँ जरिवाना तोकेको थियो। अदालतको उक्त फैसला कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस