‘मिस गाईडेड शिक्षक र निर्दोष अभिभावकका कारण बच्चा बिग्रिदैछन्’

जनक विष्ट
२०७६ साउन १८, १२:०५
अ+

बालकको पहिलो पाठशाला घर हो। घरको संस्कार अनुसारको आचरण देखाउनुमा बालक निर्दोष छ, किनकी घरमा सिकेका कुरा नै बच्चाले व्यवहारमा देखाउँछ। घरपछि विद्यालय उसको दोस्रो पाठशाला हो। बच्चालाई अध्याँरोबाट उज्यालो संसारतीर डो¥याउने महत्वपूर्ण पाठशाला नै विद्यालय हो। जहाँ अध्याँरोमा बत्ती बाल्दै सत्यको बाटो देखाउने प्रमुख भुमिका शिक्षकको हुन्छ।

अध्याँरोबाट उज्योलोतर्फ बच्चाले यात्रा गर्दै गर्दा उस्लाई चुपचाप लगाउन खोजिन्छ। बिच बाटोमा देखिने दृष्यको बारेमा कुनै जिज्ञाशा नै राख्न दिईदैन्। कक्षाकोठा भित्र शिक्षकले विद्यार्थीको नेतृत्व गरिरहेको हुन्छ, तर त्यही नेतृत्व गर्ने व्यक्तिले बच्चालाई चुपचाप राख्न खोज्छ। बच्चालाई माली जस्तो व्यवहार गरी आवश्यकता अनुसारको हेरचाह गर्नुपर्नेमा कक्षाकोठामा शिक्षकले ठिक उल्टो गरेको देखिन्छ।

‘बच्चाले दुःख दिए भन्ने शिक्षकको गुनासो बढ्दै गएको छ जुन गलत छ।’ मालीले नर्सरीमा हुर्किदै गरेका विरुवाले दुःख दियो भनेर पन्छीन पाईन्छ ? कक्षाकोठामा शिक्षकले बालकलाई सिकाउने होईने सिक्ने हो, प्रेम र सम्मान गर्ने हो तर यहाँ ठिक उल्टो भइरहेको छ।

म काठमाडौंँको एउटा विद्यालयमा शिक्षण गर्थे, प्रायजसो मैले विद्यार्थीलाई ‘गोबर गणेश कम हियर’ भनेर बोलाउने गर्थे। तर बच्चाले पनि मलाई गोवर गाणेश नै भन्दा रहेछन्। पछि विस्तारै थाहा पाए त्यो कुरा। प्रिन्सीपल सरले पनि मलाई गुनासो गर्नुभयो यो अली ठिक भएन की सर ? त्यो दिन देखि मैले आफ्नो बोली फेरे। कक्षाकोठामा विद्यार्थीलाई ‘प्रभु’ भनेर बोलाउन थाले, पछि हरेक विद्यार्थीले मलाई प्रभु भन्न थाले। नवलपरासी, चितवन, काठमाडौँ लगायतका जिल्लामा झण्डैं डेढ सय विद्यालयमा मोटिभेसन क्लास (उत्प्रेरणा कक्षा) दिदा पिटाई नखाएको को–को हुनुहुन्छ भन्ने जिज्ञाशामा एक जनाले पनि हात उठाएको उदाहरण छैन्।

अहिले बच्चाहरु आगोले पोलेको पीडा जस्तै भएका छन्। डाक्टरले कुनै विरामीलाई गाली गरेको उदाहरण छ ? डाक्टरकोमा उपचार गराउन जाँदा पनि धेरै मान्छे फोहोरी नै हुन्छन् तरपनि उसले विरामीलाई स्नेह गर्छ। कक्षाकोठामा शिक्षकले बच्चालाई चुपचाप लगाउन खोज्ने ? बच्चाको क्षमता पचाउन नसकेर उसलाई कमजोर पार्न शिक्षकले कक्षाकोठामा अनेक हतकन्डा अपनाएको देखिन्छ।

झमक कुमारीको उदाहरण दिएर बच्चालाई त्यस्तै हुनुपर्छ भनिनु हुदैन्, किनकी त्यो अपवाद हुन सक्छ। अहिलेको बच्चालाई त्यतिबेलाका झमक कुमारीको उदाहरण दिएर पुग्दैन्। किनकी झमक र उसले संघर्ष गरिरहेको समय एउटै छैन्। शिक्षकले बालकलाई प्रेम र सम्मान नगरे सम्म बच्चा विग्रिरहन्छ। अभिभावक र शिक्षकले आफू भित्रको वुद्धत्व बच्चालाई दर्शाउन जरुरी छ। अहिलेको बच्चा प्रविधिसंग खेलिरहेको छ, बच्चालाई पाँच सय कुरा थाहा हुँदा शिक्षकले पाँच वटा मात्र जानेको हुन्छ।

‘शिक्षकमा जान्ने हुँ भन्ने दम्भ छ, तर अभिभावक निर्दोष छन्।’ बच्चा बिग्रिदै जानुको कारण यो पनि हो। बच्चा भन्दा अभिभावक बेठीक हुन्, किनकी उनीहरुको बौद्धिक स्तर निकै पछाडी छ। त्यसैले बच्चा बिग्रिनुमा उनीहरुको दोष छैन्। निर्दोष भएकै कारण अभिभावकलाई बदल्न सजिलो छ, तर निर्दोष अभिभावकलाई आरोप लगाउने शिक्षकको नियत असल हुदैन्। ऊ आफू नराम्रो भएकै कारण अभिभावकलाई दोष लगाएर पन्छीन् खोजिरहेको छ। ‘दोष दिएमा मान्छे डुब्छ।’

अहिले बच्चा बिग्रिनुमा ९० प्रतिशत दोषी शिक्षक छ भने १० प्रतिशत अभिभावक र समाज पनि दोषी रहेको छ। तर शिक्षक ठिक भए मात्र अभिभावक र समाज ठिक हुन सक्छन्। मालीले आफैले हुर्काएको विरुवाले दुःख दियो भन्नु र शिक्षकले बच्चाले दुःख दियो भन्नु एउटै भएको छ अहिले। ठुलो मान्छे ठिक भए सबै सचेत भईसकेका हुदैनन्, क्षमतावान मान्छेले समाजले भनेको गलत कुरा मान्दैन्।

बच्चा क्षमतावान भएकै कारण शिक्षकले उसको क्षमता पचाउन नसकी नियन्त्रण गर्न खोजेको देखिन्छ जुन गलत छ। बच्चालाई हामीले जति सिकाउछौँ उसले पनि त्यती नै केही सिकाउन खोजिरहेको हुन्छ। अध्याँरोमा सानो बत्ती बाले सबैले हाई हाई गर्छन्। अहिले हाम्रो समाज पनि अध्याँरो छ यहाँ बत्ती बाल्ने मान्छेको खाचो छ।  

(झण्डै ३३ वर्षदेखि शिक्षण पेशामा सक्रिय रहेका, मोटीभेसनल एवम् काउन्सीलर प्रभु दादासंग गरिएको कुराकानीमा आधारित, उनी दिनेश एफएममा शैक्षिक सरोकार कार्यक्रम पनि चलाउदै आएका छन्।  )
  

जनक विष्ट दिनेश खवरका सह सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।