सुदूर नेपाललाई विश्वसँग जोड्दै

यो दिन कसले बनायो, रात कसले बनायो !

२०७६ साउन १८, ११:३१

यो दिन कसले बनायो, रात कसले बनायो
मान्छे मान्छेको फरक जात कसले बनायो ।।

जन्मिदा खाली हात जन्मेका हौ तिमी र म
तर तिम्रो मेरो फरक औकात कसले बनायो ।।

शान्ति, सद्भाव, सहिष्णुताको माहौलमा नि
घात, अन्तर्घात अनि प्रतिघात कस्ले बनायो ।।

विभेद र असमानताका लागि लडनेहरूबाटै
तेरो अनि मेरोको यो पक्षपात कसले बनायो ।।

सजिला हुन्नन बाटाहरू गन्तव्यमा पुग्नलाई
पूरा नहुने सपनाहरूका खात कसले बनायो ।।

मान्छे - मान्छेको फरक जात कसले बनायो
तेरो अनि मेरोको यो पक्षपात कसले बनायो ।।

गोविन्द रिजालले विगतमा झण्डै दुई बर्ष कैलालीमा प्रमुख जिल्ला भएर काम गरिसकेका छन्। उनी साहित्यमा पनि रुँची राख्दै आएका छन्। 

कमेन्ट लोड गर्नुस