सुदूर नेपाललाई विश्वसँग जोड्दै

नख्खु कारागारमा कैदिबन्दीहरुबीच झडप हुंदा एक जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ साउन १७, ०४:०१

ललितपुरको नख्खु कारागारमा कैदीबन्दीहरुबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। कारागारको भुइँमा बिच्छ्याइएको ब्लकले प्रहार गर्दा पूर्णबहादुर राजी गम्भीर घाइते भएको ललितपुर प्रहरी परिसर, जावलाखेलले जानकारी दिएको छ। 

प्रहरीका अनुसार कर्तव्य ज्यान मुद्दामा कैद भोगिरहेका पवनकुमार महतोको ब्लक प्रहारबाट गम्भीर घाइते भएका पूर्णबहादुरको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। विवादको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जावलाखेल प्रहरी कार्यालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस