सुदूर नेपाललाई विश्वसँग जोड्दै

मिचिदै कैलाली खोला

२०७६ साउन १६, ०७:०९ खबर संवाददाता

अतिक्रमण गरिएको धनगढी स्थित कैलाली खोलाको बाँकी भागपनि मिचिदै गएको छ। धनगढीका सार्वजनिक खोला नाला र जग्गाहरुको अतिक्रमण बढिरहेका बेला नगर क्षेत्रको बिच भागमा रहेको कैलाली खोलामा अतिक्रमण झन्–झन् वढ्दै गएको हो। बिहिवार मात्रै कैलाली खोला अन्तरगत देव तालिम केन्द्र नजिकै रहेको पुल वरिपरि ग्रवेल हालेर खोला अतिक्रमण भईरहकेो थियो।

यसअघि कैलाली खोलाका विभिन्न स्थानमा अतिक्रमण गरिएकोमा अहिले आएर बाँकी रहेको सानो ढल निकास हुने खोलालाई पनि अतिक्रमणकारीले निसाना बनाएका हुन्। धनगढी उपमहानगरपालिकाले पटक–पटक गठन गरेका अतिक्रमण हटाउ समितीले अतिक्रमण हटाउनुको सट्टा मौन वसेर वढावा दिईरहेका छन्।

कमेन्ट लोड गर्नुस