सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल एयरलाइन्सले दशैँमा जापानको नारितामा चार्टर उडान गर्ने

। फोटो स्रोत ।
२०७६ साउन १६, ०५:५२

नेपाल एयरलाइन्सले दशैँमा जापानको नारितामा चार्टर उडान भर्ने भएको छ। दशैँमा जापानबाट नेपाल आउने यात्रुलाई लक्षित गरेर एयरलाइन्सले नारितामा चार्टर उडान गर्ने भएको हो। निगमको पहिलो चार्टर उडान सेप्टेम्बर २६ मा हुनेछ। एयरलाइन्सको वाइडबडी जहाज सेप्टेम्बर २६ अर्थात् असोज ९ गते नारिता गएर १० गते नेपाल फर्कनेछ।

यस्तै दोस्रो चार्टर उडानको लागि निगमको जहाज असोज १५ गते नारिता पुगेर १६ गते नेपाल फर्कने निगमका प्रवक्ता गणेश चन्दले जानकारी दिए। दुवै उडानका लागि बुकिङ सम्पन्न भैसकेको पनि उनले बताए। नेपाल एयरलाइन्सले जापानकै ओसाकामा भदौ १२ गतदेखि हप्ताका २ ओटा नियमित उडान गर्दैछ। तर ओसाका क्षेत्रमा नेपालीको बसोबास कम भएकाले नारितामा २ ओटा चार्टर उडान गर्न लागेको निगमले जनाएको छ। 

कमेन्ट लोड गर्नुस