सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा शैक्षिक भ्रमणको बजेटमा जनप्रतिनिधी र शिक्षकको रजाई, भारत घुमेर तीन लाख खर्च

भारतको आग्रा पुगेर फोटो खिचाउँदै गरेका जानकी गाउँपालिकाका शिक्षक, जनप्रतिनिधी र कर्मचारी  ]
भारतको आग्रा पुगेर फोटो खिचाउँदै गरेका जानकी गाउँपालिकाका शिक्षक, जनप्रतिनिधी र कर्मचारी ]
२०७६ साउन १६, ११:३५

कैलालीको जानकी गाउँपालिकाका शिक्षक र जनप्रतिनिधीले शैक्षिक भ्रमणको बजेट भारतका विभिन्न शहर घुमेर  खर्च गरेका छन्। प्रदेशभित्रका विभिन्न नमूना विद्यालयको अवलोकन गर्ने भन्दै शैक्षिक भ्रमणका लागि गत आर्थिक वर्षमा तीन लाख बजेट विनीयोजन गरेको गाउँपालिकाले भारतका विभिन्न शहर घुमेर रकम खर्च गरेको हो। गाउँपालिकाबाट गत साउन ८ गते साविकको क्षेत्रिय सदरमुकाम दिपायलका नमूना विद्यालयको भ्रमण गर्ने भन्दै  निस्कीएको गाउँपालिकाको शिक्षा शाखा प्रमुख कलम बहादुर खड्का, वडा नम्बर ७ का अध्यक्ष लक्ष्मण चौधरी सहितको ३६ सदस्यीय टोली भारत घुमेर फर्किएको हो। गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण बहादुर विष्टले दिपायलको शैक्षिक भ्रमणका लागि टोली गएपनि भारत घुमेर आएको विषयमा जानकारी नभएको प्रतिक्रिया दिए। तर शिक्षा शाखा प्रमुख खडकाले भने आफूहरु भारतको नयाँ दिल्ली,नैनिताल,हरिद्वार लगायतका स्थान घुमेर फर्किएको स्वीकार गरे। उनले दिपायलको भ्रमण गर्ने कार्यक्रम रहेपनि वर्षातले सम्भव नभएको जिकिर गर्दै भारतका विभिन्न शैक्षिक संस्था र धार्मिक स्थलको अवलोकन गरी फर्किएको जनाए। गत वर्ष समय नभएका कारण शिक्षकहरुलाई शैक्षिक भ्रमणमा लैजान नसकिएको उनको जिकिर थियो। तर नागरिकले तिरेको करबाट जनप्रतिनिधी, शिक्षक र अन्य कर्मचारीले घुमफिर गरी फजुलमा बजेट खर्च गरेको भन्दै आलोचना भइरहेको छ।

कमेन्ट लोड गर्नुस