सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा निर्माणधिन प्रादेशिक आयुर्वेदिक अस्पतालको ६० प्रतिशत भौतिक प्रगती

२०७६ साउन १६, ११:०४ रोशन भट्ट

धनगढीमा निर्माणाधिन प्रादेशिक आयुर्वेदिक अस्पतालको झण्डै ६० प्रतिशत भौतिक प्रगती भएको छ। २०७४ को फागुनबाट निर्माण थालिएको अस्पतालको  ५० प्रतिशत वित्तिय प्रगती र  ६० प्रतिशत भौतिक प्रगती भएको हो। अवको एक वर्षपछि सेवा सुरु गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको ५० शैयाको क्षेत्रीय आयुर्वेदिक अस्पतालको संरचना निर्माणको काम लगभग अन्तीम चरणमा पुगेको छ।

सुदूरपश्चिम प्रदेशमा आयुर्वेद अस्पताल नभएका वेला पञ्चकर्म योगा सहितको ५० शैयाको अस्पताल स्थापना भएपछि यस क्षेत्रका बासिन्दालाई सहज हुने विश्वास लिईएको छ। काममा कुनै अवरोध नभए निर्धारित समय भन्दा ६ महिना आगाडी नै काम सम्पन्न गर्ने लक्ष्य राखिएको योजना कार्यन्वयन गरिरहेको शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका सूचना अधिकारी श्यामचन्द्र बुढाथोकीले बताए।

सुरुमा जग्गा प्राप्तिका लागि विवाद भएपछि क्षेत्रीय आयुर्वेदिक अस्पतालको निर्माण कार्यलाई गती दिन कठिनाई भएपनि पछिल्लो समयमा भने निर्माण कार्यले गति लिएको हो। सो जग्गामा रहेका केही रुखहरु काट्नुपर्ने अवस्था रहेकोले भोलीका दिनमा त्यसले समस्या निम्ताउने सक्ने आशंका गरिएको छ। 

झण्डै १६ करोडको लगानीमा तीन वटा भवन निर्माणका लागि गौरी पार्वती एमके टिडिआर जेभीले ठेक्का सम्झौता गरेर निर्माणको काम सुरु भएकोमा अहिले संरचना निर्माणको काम लगभग अन्तीम चरणमा पुगेको निर्माण कम्पनीका सञ्चालक चन्द्र शाहले बताए। २०७७ सालको असार सम्म निर्माण अवधी रहेको उक्त अस्पताल भवनको निर्माणका क्रममा हाल सम्म आठ करोड ५० लाख खर्च भईसकेको छ।

अहिले सुदूरपश्चिम प्रदेशमा आयुर्वेदको अस्पताल नरहेका बेला विशेषज्ञ सेवा दिने उद्देश्य राखिएको छ। निर्माण व्यवसायीको सक्रियताका कारण निर्माण कार्यले गति लिएको बताईएको छ। प्रादेशिक आयुर्वेदिक अस्पतालमा १३ जना विशेषज्ञ डाक्टहरुले स्वास्थ्य सेवा दिनेछन् भने यसले सुदूरपश्चिम प्रदेशका विरामीहरु आयुर्वेदिक चिकित्सा मार्फत उपचार सेवा पाउनेछन्।
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस