सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा छायाङकन गरिएको ‘तिम्रो मायालाई’ गीतको भिडियो सार्वजनिक

२०७६ साउन १५, ०५:२१ खबर संवाददाता

कैलालीका विभिन्न स्थानमा छायाङकन गरिएको ‘तिम्रो मायालाई’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। हाईलाइट्स नेपालको युवटुव च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको हो। सुशिल विश्वकर्माको स्वरमा रहेको उक्त गीतमा भीम बिसीको संगीत रहेको छ भने राजेन्द्र बिसीको शब्द रहेको छ। म्युजिक भिडियोमा कृष्ण पनेरु, निशा सुवेदीको अभियन रहेको छ।

डडेल्धुरा अजयमेरु घर भई झण्डै १० बर्षदेखि काठमाडौँ बस्दै आएका पनेरुले यसअघि पनि झण्डै आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। उक्त गीतको कैलालीको गोदावरी, गेटा, कोईलही ताल लगाचयतका क्षेत्रमा छायाङक गरिएको थियो।

कमेन्ट लोड गर्नुस