सुदूर नेपाललाई विश्वसँग जोड्दै

ग्रेस अफ सगरमाथाको अडिसन धनगढीमा पनि

२०७६ साउन १४, ०६:५८ खबर संवाददाता

सौन्दर्य प्रतियोगिता ग्रेस अफ सगरमाथाको अडिसन धनगढीमा पनि हुने भएको छ। अवतार ईन्टरनेशनलको आयोजनामा हुन लागेको उक्त सौन्दर्य प्रतियोगिताको साउन २५ गते धनगढीमा अडिसन हुने भएको हो। देशका अन्य सात स्थानमा पनि अडिसन भईरहेकोमा धनगढीमा २५ गते अडिसन हुने आज आयोजित पत्रकार सम्मेलनमा आयोजकका धनगढी प्रतिनिधि जोन बलमे जानकारी दिए।

प्रतियोगितामा १६ देखि २८ बर्ष सम्मका युवायुवतीहरुले भाग लिन पाउनेछन्। प्रतियोगिताको विजेताले स्कुटर, मोवाईलसंगै चलचित्रमा अभिनयको मौका पाउनेछन् भने फस्ट रनरअप, सेकेण्ड रनरअपलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ।
 

कमेन्ट लोड गर्नुस