सुदूर नेपाललाई विश्वसँग जोड्दै

सम्पत्ती विवरण नबुझाउने कैलालीका दुई सय शिक्षकको नाम सार्वजनिक

२०७६ साउन १४, १२:१४ रोशन भट्ट

एक वर्ष सम्म सम्पत्ती विवरण नबुझाउने कैलालीका दुई सय बढि शिक्षकको नाम सार्वजनिक गरिएको छ। विद्यालय शिक्षक किताव खानाले आर्थिक वर्ष २०७४/०७५ को सम्पत्ती विवरण नबुझाउने शिक्षकहरुको नाम सार्वजनिक गरेको हो। तर अधिकासं शिक्षकहरुले भने निर्धारित समयमै हुलाक कार्यालय मार्फत सम्पत्ती विवरण बुझाईएपनि नाम सार्वजनिक गरिएको दावी गरेका छन्। किताब खानाद्धारा सार्वजनिक सूचीमा कतिपय अवकाश प्राप्त र सेवामै नभएका शिक्षकको नाम समेत अटाएको छ।

आर्थीक वर्ष सकिएको ६० दिन अर्थात हरेक वर्ष भदौ २८ गते सम्म सम्पत्ती विवरण बुझाउनुपर्ने प्रवधान भएपनि एक वर्ष सम्म विवरण नबुझाएको भन्दै सूची सार्वजनिक गरिएको हो। तर कैलालीका कतिपय शिक्षकहरुले जिल्ला हुलाक मार्फत सम्पत्ती विवरण पेश गरिएको भएपनि सम्बन्धीत निकायले लापरवाही गर्दा आफुहरु समस्यामा परेको दावी गरेका छन्। विवरण नबुझाएको भन्दै नाम सार्वजनिक गरिएपछि अहिले जरिवाना वापतको थप पाँच हजार रकम तिर्नु परिरहेको  कैलालीको चुरेमा रहेको मोहन्यल माविका शिक्षक भोजराज जोशीले बताए।

किताबखानाले सार्वजनिक गरेको सुचीमा अवकाश प्राप्त तथा छोडेर गएका शिक्षकहरुको पनि नाम उल्लेख गरिएको उनले बताए। निर्धारित समयमा गत वर्ष नै विवरण बुझाएको भएपनि फेरी नाम सार्वजनिक हुदा सरोकारवाला निकायले लापरवाहि गरेको गुनासो शिक्षकहरुको छ। सरोकारवाला निकायले वेवास्ता गरि शिक्षकहरुलाई समस्या पार्न खोजेको आरोप पनि लोगेको छ। विवरण बुझाएको रसिद हुँदा पनि थप जरिवाना तिर्नु अवस्था सृजना हुदा जिम्मेवार निकायले लापरवाही गरेको आरोप  कैलालीकै श्रीपुरमा रहेको शारदा माध्यामिक विद्यालयका शिक्षक जयराज बडुको छ।

यता जिल्ला हुलाक कार्यालयले कैलालीले भने आफुले पठाउनुपर्ने विवरणहरु समयमा नै पठाएको दावी गरेको छ। पठाए/नपठाएको विवरण कार्यालयसंग भएकाले जति बेला समेत हेर्न सकिने जिल्ला हुलाक कार्यालय कैलालीका प्रमुख मेनुका श्रेष्ठले बताईन। 

 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस