सुदूर नेपाललाई विश्वसँग जोड्दै

महेन्द्रनगर–दिल्ली रुटमा प्रदूषणरहित यातायात सेवा सञ्चालन

२०८२ असोज ७, ०९:१५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको पवनदुत सार्वजनिक यातायात सेवा प्रालिले महेन्द्रनगर–दिल्ली रुटमा यातायात सेवा स्तरवृद्धि गरेको छ।

भारतको राजधानी नयाँ दिल्लीमा चल्ने सवारी साधनमा प्रदुषणरहित योजना ल्याएपछि त्यसैअनुरुप पवनदुतले आफ्ना सवारीसाधानमा स्तरवृद्धि गरेको हो। सोमबारदेखि प्रदुषणरहित आधुनिक बस सेवा सञ्चालन गरेको जनाएको छ। पवनदुत सार्वजनिक यातायात सेवा प्रालिका अध्यक्ष महेश बोहराले नेपाल–भारतमैत्री बस सेवा अन्तर्गत यस अघिदेखि सञ्चालन हुँदै आएका बसको स्तरवृद्धि गरेको बताए। झण्डै एक करोड ३० लाख मूल्य पर्ने उक्त आधुनिक बस स्तरीय छन्।

अध्यक्ष बोहराका अनुसार दैनिक पवनदुतको एउटा बस छुट्दै आएको छ। उनले जाँचपास, ब्लुबुक, रुटपरमिट संस्थाले नै बेहोर्दै आएको बताए। सार्वजनिक यातायात सेवा प्रालिका कार्यालय प्रमुख माधवप्रसाद भट्टले दैनिक महेन्द्रनगर टु दिल्ली रात्रीकालिक बस सेवा नियमित भइरहेको बताए। स्तरीय बसमा यात्रा गर्न पाएपछि रोजगारी, अध्ययन, व्यवसायिक एवं समाजिक कामका लागि दिल्ली जाने वा दिल्लीबाट महेन्द्रनगर आउने यात्रुलाई सुविधा भएको छ।

कमेन्ट लोड गर्नुस