सुदूर नेपाललाई विश्वसँग जोड्दै

नाइजेरियामा बोको हरामद्वारा आक्रमण, ६५ जनाको मृत्यु

२०७६ साउन १३, ०३:५४

नाइजेरियामा आतंकवादी समूह बोको हरामले एक अन्त्येष्टि कार्यक्रममा अन्धाधुन्ध गोली प्रहार गर्दा ६५ जनाको मृत्यु भएको छ। नाइजेरियाको माइदुगुरी जिल्लानजिक रहेको एक गाउँमा मोटरसाइकल र भ्यानमा आएका हमलाकारीले अन्तेष्टी समारोहमा सहभागीहरुमाथि गोली प्रहार गर्दा केहीको मृत्यु भएको हो भने केही उनीहरुसँगको मुठभेडमा मारिएका हुन्।

गत दुईसाता अघी सोही गाउँमा भएको मुठभेडमा बोको हराममा ११ जना कार्यकर्ताको मृत्यु भएको बदला स्वरुप आक्रमण गरिएको बोको हरामले जनाएको छ । हमलाका कारण सो गाउँका अधिकांश घर जलेका छन्। यसैबीच नाइजेरियाका राष्ट्रपति मोहमद बुहारीले घटनाप्रति खेद प्रकट गर्दै घटनामा संलग्नको खोजी गर्न सेनालाई निर्देशन दिएका छन्।

नाइजेरियामा दशकौंदेखि जारी आतंकवादी हमलामा परेर १० लाखको ज्यान गइसकेको छ। बोको हरामले छुट्टै राज्यको माग गर्दै नाइजेरियामा मात्रै नभई छिमेकी मुलुक चाडमा पनि हमला गर्दै आएको छ। 
 

कमेन्ट लोड गर्नुस