सेती अस्पतालकी कर्मचारी विष्टले भनिन्, 'तोडफोड गर्न उक्साएको छैन'
धनगढीः सेती प्रादेशिक अस्पतालमा कार्यरत कर्मचारी महेश्वरी बिष्टले जिल्ला प्रहरी कार्यालय र वन डिभिजन कार्यालयमा तोडफोड गर्न युवाहरूलाई नउक्साएको बताएकी छन्।
सेती अस्पातमा कार्यरत विष्टले तोडफोड गर्न युवाहरूलाई उत्तेजित नबनाएको बताएकी हुन्।
जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा जेष्ठ नागरिक भवन नजिकै फुटपाथमा उभिएर विष्ट र अर्की एक जना महिलाले युवाहरूलाई तोडफोड गर्न सल्लाह दिएको समाचार दिनेशखबरमा प्रकाशित भएको थियो। उक्त समाचार निराधार रहेको बिष्टको दाबी छ।
बिष्टले भदौ २४ गते साँझ युवाहरूलाई प्रहरी कार्यालयमा ढुङ्गा हान्नबाट रोकेको बताएकी छन्। तोडफोड गर्न उक्साएको भन्ने युवाहरुको दाबीमा कुनै सत्यता नभएको उनले बताइन्।
बिष्टले आफूले जेन्जी युवाहरूलाई सरकारी सम्पत्तिमा तोडफोड नगर्न र प्रहरीमाथि आक्रमण नगर्न सम्झाएको बताउँदै समाचारमा सत्यता नभएकाले भ्रममा नपर्न आग्रह गरेकी छन्।
महेश्वरी बिष्ट आफैं दिनेशखबरमा आएर समाचारको विषयमा खण्डन गरेकी हुन्। उनले भिडियो मार्फतसमेत खण्डन गरेकी छन्।