सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्कुल डान्स कम्पिटीसनको उपाधि वाल्मीकिकी सृष्टिलाई

२०८२ भदौ १, ०८:०५

धनगढी : कैलालीको अत्तरियामा आयोजित जिल्ला स्तरीय स्कुल डान्स कम्पिटीसनको उपाधि धनगढीको वाल्मीकि इन्टरनेशनल स्कुलकी छात्रा सृष्टि तामाङले हात पारेकी छन्।

यही जेठ ३१ गतेदेखि सुरु भएको प्रतियोगिता शनिवार सम्पन्न भएको हो।

जसमा वाल्मीकि की छात्रा सृष्टि प्रथम भइन भने वाल्मीकि कै छात्रा परिधी दाहाल दोस्रो भइन। प्रतियोगितामा अत्तरियाको प्रज्ञान पाठशालाकी छात्रा रीतिका घटाला तृतीय भइन। कैलालीका विभिन्न विद्यालयबाट करिब एक हजार ५ सय बढी विद्यार्थीहरूले अडिसन दिएको प्रतियोगिताको फाइनलमा २१ जना प्रतिस्पर्धी पुगेका थिए।

उपाधि जितेकी तामाङले नगद ३० हजार १५१ पुरस्कार पाइन भने द्वितीय भएकी दाहालले नगद २० हजार १५१ पुरस्कार पाइन। यस्तै तृतीय स्थान हासिल गरेकी घटालाले नगद १० हजार १५१ रुपैयाँ पुरस्कार प्राप्त गरिन।

प्रतियोगितामा विजेता विद्यार्थीहरूलाई शनिवार एक औपचारिक कार्यक्रमका बिच पुरस्कृत गरिएको थियो। अत्तरिया क्षेत्रका अग्रज कलाकार विनोद मल्लको सभापतित्वमा आयोजित कार्यक्रमकी प्रमुख अतिथि प्रदेश सभा सदस्य खेमा देवी विष्ट रहेकी थिइन।

 

कमेन्ट लोड गर्नुस