कञ्चनपुरमा लागूऔषधसहित धनगढीका एक युवक पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित धनगढीका एक युवक पक्राउ परेका छन्।
कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजार स्थित भारतबाट नेपाल तर्फ आउँदै गरेका कैलालीको धनगढी उपमहानगरपालिका–३ बस्ने ३० वर्षीय निर्मल रोकाया लागूऔषधसहित पक्राउ परेका हुन्।
रोकायालाई १ ग्राम ७३० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित फेलापारी लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र प्रहरी चौकी परासन, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधवार नियन्त्रणमा लिएको हो। यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।