सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोजगारी सृजना हुने गरी नेपालमा लगानी गर्न दक्षिण कोरियाको निजी क्षेत्रलाई आग्रह

। फोटो स्रोत ।
२०७६ साउन ७, ०३:५०

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रोजगारीको अवसर सृजना हुनेगरी नेपालमा लगानी गर्न दक्षिण कोरियाको निजी क्षेत्रलाई आग्रह गरेका छन्। दक्षिण कोरियाबाट फर्केका नेपाली कामदारले काठमाण्डौमा गरेको कार्यक्रममा उनले दक्षिण कोरियाले नेपाली कामदारलाई गुणस्तरीय रोजगारीको अवसर दिएको भन्दै अब नेपालमै रोजगारीको अवसर सृजना हुने गरी लगानी गर्न आग्रह गरेका हुन।

दक्षिण कोरियाबाट फर्केका नेपाली कामदारले काठमाण्डौमा गरेको कार्यक्रममा उनले नेपालमा लगानीका लागि आवश्यक वातावरण बनेकोतर्फ पनि दक्षिण कोरियाली निजी क्षेत्रको ध्यानाकर्षण समेत गराए। मन्त्री विष्टले दक्षिण कोरियाबाट फर्केका कामदारले सीप र अनुभवलाई भरपुर उपयोग गरेर देशलाई समृद्ध बनाउन सरकार लागिपर्ने प्रतिवद्धता व्यक्त गरे। दक्षिण कोरियाले आफ्नै स्रोत र साधनको उपयोग गरेर समृद्धि हासिल गरेको उल्लेख गर्दै उनले त्यसबाट नेपालले धेरै पाठ सिक्न सक्ने पनि बताए।
 

कमेन्ट लोड गर्नुस