सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले आगामी मङ्सिरमा लगानी तथा विकास सम्मेलन आयोजना गर्ने

२०८२ साउन २०, ०९:२९ खबर संवाददाता

कैलालीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी मङ्सिर १ र २ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्ने भएको छ।

सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन कार्यकारी समितिको प्रस्तावअनुसार सोमवार बसेकोे मन्त्रिपरिषद्को बैठकले मङ्सिर १ र २ गते लगानी तथा विकास सम्मेलन गर्ने निर्णय गरेको हो। यसअघि असोज १ र २ गते गर्ने भनिएको सम्मेलन विविध कारणले सारिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। 
    
 

कमेन्ट लोड गर्नुस