नाउपाका मन्त्री चौधरीको राजीनामा अझै स्वीकृत भएन

काठमाण्डौः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले मन्त्री पदबाट राजीनामा दिएको एक महिना पुग्न लागेको छ। तर, राजीनामा स्वीकृत हुन सकेको छैन।
नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता गंगाराम चौधरीले २२ असारमा सभामुख देवराज घिमिरेलाई पत्र लेखेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका थिए।
त्यसैदिन नाउपाका तर्फबाट मन्त्रिपरिषद्मा रहेका राज्यमन्त्री अरुणकुमार चौधरीले आफ्नो पदबाट राजीनामा दिएका थिए । तर, झण्डै एक महिना हुन लाग्दा समेत उनको राजीनामा स्वीकृत हुन सकेको छैन। संसद्मा भने नाउपाका सांसदहरू २२ असार यता प्रतिपक्षी बेन्चमा बस्दै आएका छन्।



