सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई नागरिक उन्मुक्तिको एकसहित ३० मत
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन्। उनले नागरिक उन्मुक्ति पार्टीको एकसहित ३० मत पाएका हुन।
नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विस्वासको मत लिएका थिए। तर, नागरिक उन्मुक्ति पार्टीकै प्रदेश सभा सदस्य कैलाश चौधरीले मुख्यमन्त्री शाहको पक्षमा मतदान गरेका छन।
सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेश सभा सदस्यहरू छन्। नागरिक उन्मुक्ति पार्टीका छ जना प्रदेश सभमा उपस्थित थिएनन्। उपस्थित भएका एक प्रदेश सभा सदस्य चौधरीले विश्वासको मत दिएका हुन्।
मुख्यमन्त्री शाहलाई काङ्ग्रेसको १८ र नेकपा एमालेको ११ मत आएको छ। उनको पक्षमा ३० जना प्रदेश सभाका सदस्यहरूले मतदान गरेका हुन। सुदूरपश्चिममा बहुमतका लागि २७ जना प्रदेश सभाका सदस्यको मत आवश्यक हुन्छ।