सुदूर नेपाललाई विश्वसँग जोड्दै

रञ्जिता श्रेष्ठलाई नागरिक उन्मुक्तिकाे साधारण सदस्यसमेत नरहने गरी हटाईयाे

२०८२ साउन १४, ०८:०१ खबर संवाददाता

धनगढी : नागरिक उन्मुक्ति पार्टीकाे अध्यक्ष रहेकी रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्षबाट हटाएको छ। 

पार्टीकाे राष्ट्रिय भेलाले अध्यक्ष श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी हटाएको हो। त्यसअघि मङ्गलबार निर्वाचन एवं अनुशासन आयोगले उनलाई कारबाही गर्ने निर्णय गरेको थियो। सोही निर्णयमा टेकेर बुधवार काठमाडौंमा आयोजित भेलाले अध्यक्ष श्रेष्ठलाई हटाउने निर्णय गरेको पार्टीले बताएकाे छ

पार्टी नेताहरुका अनुसार तीन सदस्यीय अनुशासन समितिमा रामलाल डगौरा थारु संयोजक, पुन्नबहादुर बुढा र सुनिता चौधरी सदस्य छन्। सुनिता चौधरी भने आर्थिक अनियमितताको अभियोगमा हाल कञ्चनपुरमा थुनामा छिन्।

अध्यक्षसहित २१ जना केन्द्रीय सदस्य रहेको पार्टीमा बुधवार आयोजित राष्ट्रिय भेलामा १२ जनाको उपस्थिति थियो। यस्तै भेलाका प्रतिनिधिहरुमा संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई बोलाइएको थियो। भेलाले अध्यक्ष श्रेष्ठमाथि पाँच वटा कारण देखाएर कारबाही गरेको सहभागी नेताहरुले बताएका छन्।

बैठक नबोलाएको, स्पष्टीकरण नबुझाएको, कार्यवाहक तोकेको, पोखराको लिचीबारी जग्गा अनियमितता प्रकरणमा मुछिएको र पार्टीको विधिविधान मिचेको आरोप श्रेष्ठलाई लगाइएको छ।

कमेन्ट लोड गर्नुस