सुदूर नेपाललाई विश्वसँग जोड्दै

आप्रवासी कामदारको मानव अधिकार संरक्षणका लागि अन्तराष्ट्रिय सम्मेलन गरिने

। फोटो स्रोत ।
२०७६ साउन ५, ०६:१९

राष्ट्रिय मानव अधिकार आयोगले आउँदो कात्तिकमा काठमाडौँमा ‘आप्रवासी कामदारको मानव अधिकार संरक्षण विषयक अन्तराष्ट्रिय सम्मेलन’  आयोजना गर्ने भएको छ। आप्रवासी कामदार स्वच्छ र जवाफदेही भर्ना प्रक्रिया, कामदारको सुरक्षा, परिवारको अधिकार तथा न्यायमा पहुँचजस्ता विषयमा सम्बोधन गर्न आउँदो कात्तिक २६ देखि २८ गतेसम्म काठमाण्डौमा सम्मेलन गर्न लागिएको आयोगले जनाएको छ। 

आप्रवासी कामदारको अधिकार संरक्षण र विषय अहिले संसारकै चासो र महत्वको बनेको भन्दै नेपाल तथा दक्षिण एसियाबाट खाडीका देशलगायतमा काम गर्ने कामदारको मानव अधिकारको विषयलाई लिएर सम्मेलन गर्न लागेको आयोगका अध्यक्ष अनुपराज शर्माले बताए।

आप्रवासी कामदारको अधिकार संरक्षणमा खासगरी एसिया प्रशान्त क्षेत्रका उत्पत्ति देश र गन्तव्य देशमा देखिएका चुनौती, स्वच्छ र जिम्मेवारी भर्ना प्रक्रिया, अनियमित आप्रवासनलाई सम्बोधनको साझा सवाल, न्यायमा पहुँचको सुनिश्चिताका सम्भावना तथा प्रयास, सहकार्य र सूचना अदानप्रदान जस्ता विषयमा सम्मेलन केन्द्रित हुनेछ।

सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञबाट कार्यपत्र प्रस्तुत गरिनेछ। सम्मेलनमा ३० देशका २४ मानव अधिकार आयोगका अध्यक्ष तथा सदस्य, अन्तराष्ट्रिय विज्ञ, सरकारका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिका साथै आप्रवासी कामदारको मानव अधिकार संरक्षण कार्यरत अन्तराष्ट्रिय संस्था सहभागी हुने आयोगले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस