वन पैदावार मुद्दामा फरार कैलालीका एक जना पक्राउ

२०८२ साउन १२, ०८:२७
धनगढीः वन पैदावार मुद्दामा फरार कैलालीका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले बिना ईजाजत वन पैदावार मुद्दामा १ लाख चालिस हजार चारसय त्रिसठ्ठी जरिवाना तोकिएको कैलालीको घोडाघोडी नगरपालिका-९ बस्ने २२ वर्षीय शेरबहादुर रावत पक्राउ परेका हुन्। रावतलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले आइतवार पहलमानपुर बजारबाट पक्राउ गरेको बताएको छ।




कमेन्ट लोड गर्नुस