सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक वर्षमा ७ सय ५३ नेपालीले विदेशमा ज्यान गुमाए

। फोटो स्रोत ।
२०७६ साउन ५, ०५:००

गत आर्थिक वर्ष २०७५÷०७६ मा वैदेशिक रोजगारीका क्रममा ७५३ नेपाली कामदारले ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।  सबैभन्दा बढी मलेसियामा ५ महिला सहित २२९ जना नेपाली कामदारले ज्यान गुमाएका छन्। बोर्डका अनुसार साउदी अरबमा एक महिलासहित १९४ र यूएईमा १० महिलासहित ८५ जनाले ज्यान गुमाएका छन्। 

कुवेतमा २९ जना र कोरियामा २० जनाले रोजगारीको क्रममा ज्यान गुमाएको बोर्डको तथ्याँक छ। अघिल्लो आर्थिक वर्षको तुलनामा वैदेशिक रोजगारीमा ज्यान गुमाउनेको सङ्ख्या भने घटेको छ। आर्थिक वर्ष २०७४र७५ मा ८ सय २१ जना नेपाली कामदारले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका थिए।

आर्थिक वर्ष २०७५÷७६ मा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका परिवारहरुलाई सरकारले ४८ करोड ४९ लाख ४० हजार रुपैयाँ क्षतिपूर्ति र मृतकका छोराछोरीलाई १ करोड ६८ लाख रुपैयाँ बराको छात्रवृत्तिको दिएको वैदेशिक रोजगार बोर्डका सूचना अघिकारी दिनबन्धु सुवेदीले जानकारी दिए।

यस्तै वैदेशिक रोजगारीका क्रममा ३३५ जनाको अंगभंग भएको छ। अंगभंग हुनेको लागि सरकारले ९ करोड १४ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गरेको बोर्डले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस