सुदूर नेपाललाई विश्वसँग जोड्दै

महेन्द्रनगर र दिपायल पुगेका हजारौँ परिक्षार्थीलाई बासस्थान पाउँन समस्या

फोटो : पत्रकार गणेश मौनीको फेसवुक बाट।
फोटो : पत्रकार गणेश मौनीको फेसवुक बाट।
२०७६ साउन ५, ०२:१० रोशन भट्ट

लोकसेवा आयोगले स्थानीय तहका लागि अधिकृत, नायव सुव्वा र खरिदार पदमा शुक्रवार र शनिवार परीक्षा सञ्चालन गरेपछि कञ्चनपुरको महेन्द्रनगर तथा डोटीको दीपायलमा बिहिवार साँझदेखि नै परिक्षार्थीको घुईचो थियो। देशभरी २० स्थानबाट आयोगको परीक्षा सञ्चालन भएकोमा सुदूरपश्चिममा दुई स्थानबाट मात्रै परिक्षा सञ्चालन हुँदा परिक्षार्थीहरु बासस्थानकै लागि अवेर राती सम्म भौतारिनु परेको थियो। 

देशभरीका स्थानीय तहका लागि नौ हजार एक सय ६१ पदमा विज्ञापन खोलेकोमा सुदूरपश्चिममा मात्रै १२ हजार बढिको आवेदन परेको थियो। महेन्द्रनगरमा एकै दिन सात हजार विद्यार्थी परेपछि होटलमा समेत कोठा नपाएर विद्यार्थी बिचल्लीमा थिए भने दीपायलमा झण्डै पाँच हजार विद्यार्थी परिक्षा दिन पुगेपछि दीपायल र सिलगढीका होटलमा समेत परिक्षार्थीले बस्ने कोठा नपाएको लोक सेवा आयोगको परिक्षा दिन दिपायल पुगेका परिक्षर्थी दिपेन्द्र मगरले बताए। एकै समयमा विभिन्न पदको लागि विज्ञापन खोलेका कारण पनि यस्तो अवस्था सृजना भएको लोकसेवा आयोगको परिक्षा दिन महेन्द्रनगर पुगेका परिक्षार्थी कृष्ण पाठकले बताए। 

अर्को तर्फ देशभरी २० स्थानमा परिक्षा सञ्चालन भईरहेको बेला सुदूरपश्चिममा दुई स्थानमा मात्रै परिषा सचालन गर्दा बासस्थानमा समस्या आएको हो। त्यसैले जिल्ला–जिल्लामा परिक्षा सचालनको व्यवस्था गर्न समेत माग गरिएको छ। तर परिक्षार्थीको समस्यालाई मध्यानजर गरि सहज बतावरण बताउनको लागि विभिन्न प्रयासहरु गरेको होटेल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष प्रमानन्द भण्डारीले बताए। दीपालय केन्द्रमा परिक्षा दिन पुगेका परिक्षार्थीहरु बसोबास व्यवस्थापनको लागि प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत अन्य सरोकारवाला निकाय समक्ष पुगेका थिए।

होटेल व्यवसायी संघ डोटीका अध्यक्ष दीपक बहादुर खड्काले भने विभिन्न सरकारी कार्यालयका निवाससंगै अन्य तालिम केन्द्रहरु पनि भएकाले समस्या नपरेको दावी गरे। लोकसेवा आयोग साउन महिनामा मात्रै अन्य विभिन्न पदका लागि परिक्षा सञ्चालन गर्ने तयारीमा छ। बासस्थान व्यवस्थापनमा ध्यान नदिए पछि यस्तै समस्या देखिने भएकाले होटल बाहेक अन्य व्यवस्थाका लागि पनि सरोकारवाला निकायलाई अनुरोध गरिएको छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस