सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा फस्टाउँदै कौँसी खेती

२०७६ साउन ४, ०६:१९ रोशन भट्ट

धनगढी बजारमा तरकारीको मूल्य आकासिएको छ। व्यापारीहरूले किसानको खेतबाट खरिद गर्दाको मुल्यमा दुई गुना वृद्धि गरी उपभोक्तालाई बेच्दै आएका छन्। गरिखाने वर्गलाई अहिलेको महंगीमा दैनिक तरकारी किनेर खान निकै समस्या हुन्छ भने महंगो गरी किनेको तरकारी पनि स्वस्थकर हुँदैन्।

विशेष गरेर शहरका बासिन्दालाई विषाधीयुक्त तरकारीले स्वास्थ्यमा गम्भीर समस्या पार्ने खतरा बढ्दै गएको छ। यस्तो समस्या भईरहेका बेला शहरमा आफ्नै घर हुनेले कौसी खेती गर्न थालेका हुन्। धनगढीका स्थानीय केशबहादुर वोहराले बजारमा मूल्य आकाशिएकै कारण घरको छतमै कौसी खेती सुरु गरेको बताए।

बोहोराले आफूसंग तरकारी खेती गर्न जग्गा जमिन नभएपनि परिवारकै लागी भएपनि कौसी खेती सुरु गरिएको बताए। उनले कौसीमा विषादी रहित तरकारी उत्पादन हुँदा स्वास्थ्यलाई समेत नकारात्मक असर नपार्ने जनाए। बोहराले छतमा उखु, वेसारको विरुवा, दुवो, पिपिल लगायतका अन्य फुल्ने र फल्ने विरुवा पनि लगाएका छन्।

अहिले सुदूरपश्चिममा तरकारीको गुणस्तर नाप्ने कुनै निकाय नै नभएकाले तरकारीमा विषादीको प्रयोग ह्वात्तै बढेको छ। तर कौसी खेती परम्परागत तरिकाले घरको छतमा गमलामा तरकारी रोपेर गरिने भएकाले अर्गानीक तरकारी उत्पादन भईरहेको छ। परम्परागत तरिकाले गरिएको कौसी खेतीमा थोरै नयाँ प्रविधिको प्रयोग गरिएको हुन्छ।

घरको छतमै कौसी खेती गर्दै आएका धनगढी ३ मिलन चौकका स्थानीय धर्म सिंह नेगीले आफैले लगाएको तरकारी विषादी रहित हुने बताए। उनले अन्य व्यक्तिलाई समेत कौसी खेती गर्न सुझाव दिएका छन्।  विशेष गरि कौसी खेतीमा दैनिक प्रयोगमा आउने हरियो तरकारी, लौका, भेन्टी, धनिया लसुन, टमाटर, खुर्सानीसंगै आप, कागती, लगायत अन्य तरकारी र फलफूल खेती गरिदै आईएको छ।

खेतबारीको विकल्पमा कौसीको प्रयोग गर्दै तरकारी बालीमा आत्मनिर्भर बनाउनको लागि प्रदेश र स्थानीय सरकारले पनि पहल गर्नुपर्ने देखिएको छ। बढ्दो सहरीकरणले तरकारी खेती गर्ने जमिन घट्दै गएका कारण व्यक्तिगत प्रयोजनका लागि कौसीमा तरकारी खेती गर्न स्थानीयले पनि अग्रसर हुन आवश्यक छ।

सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका कृषि महाशाखा प्रमुख यज्ञराज जोशीले शहरी क्षेत्रमा कौसी खेतीको राम्रो सम्भावना भएको बताए। भारतबाट आयात हुने तथा स्थानीय उत्पादनमा प्रयोग हुने विषाक्त तरकारी तथा फलफुल प्रयोग गर्दा प्राण घातक रोगको संख्या बढी रहेका वेला कौसी खेती उपयुत विकल्प भएको जोशीको भनाई छ।  
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस