सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीकी एक किशोरीसहित २ जना पक्राउ

२०८२ असार २६, १२:३३ खबर संवाददाता

धनगढी : धनगढीकी एक किशोरीसहित २ जना पक्राउ परेका छन।

कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका हुन्।

जिल्लाको बेलौरी नगरपालिका–७ पौलाह स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको से २ प ८२३८ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ पिपरिया बस्ने २६ वर्षका कृष्ण राना, मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने २७ वर्षीय महेश राना र कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँ बस्ने १८ वर्षीय किशोरी पक्राउ परेका हुन्। उनीहरुको साथबाट एक दशमलव ९१ ग्राम लागु औषध खैरो हेरोइन फेला पारी उक्त पदार्थ, मोटरसाइकलसहित तिनै जनालाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

 

कमेन्ट लोड गर्नुस