सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरा दुर्घटनाः घाइतेलाई हेलिकोप्टर मार्फत कोहलपुर पुगाईयो

२०७६ साउन ३, ०२:१२ खबर संवाददाता

बाजुरामा आज विहान भएको जीप दुर्घटनामा परि घाइते भएका १२ जनालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत कोहलपुर पुगाईएको छ। जिल्लाको जगन्नाथ गाउँपालिका वडा नम्वर ५  भुकाखोलामा जीप दुर्घटना हुँदा घाइते भएका सबै १२ जनालाई हेलिकोप्टर मार्फत कोहलपुर पुगाईएको हो। घाइते हुनेमा मुगुको खत्याड गाँउपालिका ६ का २८ बर्षीय उपजन शाही, १७ बर्षीय राजेन्द्र शाही, १८ बर्षीय महेन्द्र शाही, ४५ बर्षीय मनकृष्ण उपाध्याय, १७ बर्षीय टेक रावल, १६ बर्षीय रमेश बहादुर शाही, १७ बर्षीय तिलकराज उपाध्याय रहेको छन्। यस्तै स्वामीकार्तिक १ बस्ने १५ बर्षीय जगत रावल, सोही गाँउपालिका ४ बस्ने ५५ बर्षीय लालबिर चदारा पनि घाईते भउका छन्। जगन्नाथ गाँउपालिका ५ का १९ बर्षीय टंक्क कामी, वडा नम्वर २ का २७ बर्षकी जना विक र ५ नम्बर वडाकी ५ बर्षीय महेश्वरी कामी पनि घाईते भएका छन्। 

क १ ज २१ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको भने घटनास्थलमै मृत्यु भएको छ। बाजुरका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटका अनुसार कैलालीको टीकापुरका जीप चालक रमेश बोगटी र खत्याड गाउँपालिका वडा नम्वर ६ मुगुका रामबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको हो। जीपमा सवार १५ जना मध्ये २ जना सकुसल रहेका छन्। जीप उकालोमा चढ्न नसकेर कर्णाली करिडोरको  सडकबाट ५० मिटर तल खसेको छ।  
 

कमेन्ट लोड गर्नुस