सुदूर नेपाललाई विश्वसँग जोड्दै

खानेपानी संस्थान, धनगढीको बक्यौता दुुई करोड ५१ लाख

२०८३ भदौ १६, ०१:११ रासस

धनगढी: नेपाल खानेपानी संस्थान, धनगढी शाखाको आर्थिक बर्ष २०८२-०८३ को असार मसान्तसम्म उठाउन  बाँकी बक्यौता रु दुुई करोड ५१ लाख पुगेको छ।

खानेपानी संस्थान धनगढीका प्रमुख रामचन्द्र लामिछानेले निजीबाट रु दुई करोड १६ लाख १० हजार नौ सय ४७  र सरकारीबाट रु ३५ लाख ४५ हजार नौ सय ५४ असुल गर्न बाँकी रहेको जानकारी दिए। 

संस्थानले धनगढी उपमहानगरपालिका वडा नं. १, २, ३, ४, ५, ६, ८, ९, १०, ११, १२, १३, १४, १७ र १९ मा दैनिक एक करोड ३० लाख लिटरपानी वितरण गर्ने गरेको छ। कूल ११ हजार तीन सय ३९ जना सेवाग्राहीले उक्त पानी उपभोग गर्ने गरेका छन्। संस्थानले खानेपानी उपभोग गरेबापत मासिक न्युुनतम  रु एक सय १० शुल्क असुल गर्दै आएको छ।  

त्यसैगरी, नेपाल खानेपानी संस्थान, धनगढीले गत आर्थिक वर्षमा विभिन्न राजस्व शीर्षकबाट जम्मा रु छ करोड ३२ लाख २८ हजार सात सय ३४ दशमलब ९१ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख लामिछानेले जानकारी दिए। 

कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८१-०८२ मा रु पाँच करोड ७२ लाख ३८ हजार आठ सय ५७ दशमलव ३४ राजस्व सङ्कलन गरेको थियो। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा १० दशमलव ४६ प्रतिशतले राजस्व वुद्धि भएको पाइन्छ। 

कमेन्ट लोड गर्नुस