सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीकाे मोहना नदीकाे बाढीले सतर्कता तह नाघ्याे, सतर्क रहन आग्रह

२०८२ असार १६, ०९:१० खबर संवाददाता

धनगढी: कैलालीको मोहना नदीको बाढी बढ्दो क्रममा रहेकाे छ। माेहना नदी किनार क्षेत्रका बासिन्दालाई आज बेलुकासम्मै सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।

जोखिम क्षेत्रका बासिन्दालाई विभागले एसएमएस पठाउँदै सतर्कता अपनाउन भनेको हो। 

मोहना नदीको जलमापन केन्द्रमा अहिले बाढीको सतह सतर्कता तह नाघेको छ। बाढी बढ्दो क्रममा रहेकाले सतर्क रहन भनिएको हो।

आज बिहान साढे ७ बजेसम्म मोहना नदीको जल मापन केन्द्रमा बाढीको सतह ३.०६ मिटर पुगेको छ। ३ मिटरसम्म पुगेमा सतर्कताको तह र ३.६० मिटर पुगेमा खतराको तहमा पुगेको मानिन्छ।

कमेन्ट लोड गर्नुस