सुदूर नेपाललाई विश्वसँग जोड्दै

टिकटक स्टार ह्यारी कार्कीले अभिनय गरेकाे डिजे देउडा गीत सार्वजनिक

२०८२ जेठ ३१, ०५:२५

अत्तरिया : टिकटक स्टार ह्यारी कार्कीसहितले अभिनीत ‘मेरा कञ्चनपुर’ बोलको नयाँ देउडा डिजे गीत सार्वजनिक भएको छ।

पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा डोटेली भाषामा छोटो कमेडीे भिडियो बनाएर भाईरल भएका कार्कीले अभिनय गरेको उक्त देडा डिजे गीत शुक्रवार सार्वजनिक भएको हो। उनले आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन्। कार्कीकै शब्द रहेको गीतमा कुलेन्द्र परियारको लय तथा स्वर रहेको छ। उक्त गीतको भिडियोमा कार्कीसँगै मन्नु भट्ट, विनय चन्दले अभिनय गरेका छन् । रमेश बिजुली बिसीको निर्देशन तथा कोरियाग्राफी रहेको भिडियोमा सम्पादन शंकर साउँद र छायाङ्कन दया चौधरीले गरेका छन् । कैलाली कञ्चनपुरका रमणीय स्थल महेन्द्रनगर, टिकापुर पार्क, कर्णाली चिसापानी, लगायतका स्थानमा छायाँकन गरिएको गीतको भिडियोको दृश्य निर्माण भने जुम प्रोडक्सनले गरेको छ।

सामाजिक सञ्जालमा कमेडियनका रूपमा परिचरत समेत रहेका कार्कीले विभिन्न देउडा गीतमा अभिनय गरेका छन् ।

कमेन्ट लोड गर्नुस