धनगढीमा करेन्ट लागेर एक महिला घाइते

२०८२ जेठ २८, ०५:०९
धनगढीः कैलालीको धनगढीमा करेन्ट लागेर एक महिला घाइते भएकी छन।
जिल्लाको धनगढी उपमहानगरपालिका–९ बस्ने २४ वर्षीया सरिता लुहार घाइते भएकी प्रहरीले जनाएको छ।

मङ्गलवार कोठामा पङ्खाको प्लक जोड्ने क्रममा करेन्ट लागेर उनी घाइते भएकी हुन्। घाइते सरिताको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकोे छ।


कमेन्ट लोड गर्नुस