सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्राविधिक धारका विद्यालयको स्तर निर्धारण तथा पत्यायन विनियमावली विषयमा अभिमुखीकरण

२०८२ जेठ २८, ०९:३६ खबर संवाददाता

धनगढी: प्राविधिक शिक्षालयको स्तर निर्धारण प्रत्यायन सम्बन्धी विनियमावली २०८१ विषयमा सुदूरपश्चिम प्रदेशस्तरिय अभिमुखीकरण कार्यक्रम धनगढी भएको छ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभिटी) सानोठिमी भक्तपुरको आयोजनामा भएको हो। कार्यक्रममा स्तर निर्धारण तथा प्रत्यायनका आवश्यकता तथा महत्वका बारेमा छलफल भएको हो। प्रविधिक शिक्षालाई कसरी गुणस्तरिय बनाउने उदेश्यका साथ स्तर निर्धारण तथा पत्यायन नीति अगाडि सारिएको जनाएको छ।

कार्यक्रम सुदूरपश्चिम प्रदेश सामाविक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीको प्रमुख आथित्यमा भएको हो। कार्यक्रममा सचिव रेग्मीले शिक्षाको गुणस्तर कायम गर्नमा शिक्षण संस्थाहरु जिम्मेवार बन्न आवश्यक रहेको धारणा व्यक्त गरे। सिटीईभिटी केन्द्रिय कार्यालयका उप–निर्देशक खेमराज पोखे्रलका अनुसार स्तर निर्धारण तथा प्रत्यायन कुनै पनि शिक्षक संस्थाले गुणस्तरका मापदरण्डहरु पुरा गरेको छ भनी आधिकारिक रुपमा पुष्टि गर्ने प्रक्रिया हो।

यसले शिक्षण संस्थाहरुलाई मापदरण्ड पुरा गरि गुणस्तर शिक्षा तालिम प्रदान गर्ने संस्थाको रुपमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा पहिचान विश्वासीलो बनाउन मद्दत पुगाउन्छ। नेपालमा प्रविधिक धार तर्फका संस्थाहरु यसमा आवद्ध रहेका छन्। कार्यक्रममा उप–निर्देशक पोखे्रल प्रस्तुत गरेको कार्यपत्रमा प्रस्तुत भए अनुसार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्का ३६ महिने डिप्लोमा कार्यक्रम, १८ महिने प्रि–डिप्लोमा कार्यक्रम, २४ महिने अप्रेण्टिसिप कार्यक्रम सञ्चालित रहेका छन्।

प्रविधिक संस्थाहरुको स्तर निर्धारण गर्दा विद्यार्थी, अभिभाक र रोजगारदाता, उद्योग तथा व्यापार क्षेत्रका लागि फाइदा रहेको पोख्रेलले प्रस्तुत गरेको कार्यक्रपत्रमा उल्लेख गरेको छ। ‘मुल्यांकन टोलिले ७ वटा मापदण्ड। ७३ वटा सुचक तथा विभिन्न उप सुचकहरुका आधारमा स्थलगत मुल्यांकन गरी अंक दिन्छ’, उनले भने, ‘त्यसमा शुशासन तथा व्यवस्थापन, भौतिक मानवस्र्रोत अनुसन्धान तथा विकासहरु समेट्नुपर्दछ।’

स्तर निर्धारण तथा प्रत्यायनको उपाधिका लागि समेत वर्गीकरण गरिएको छ। सर्वोत्कृष्ट, उत्कृष्ट, मध्यम, सामान्य र नन–ग्रेडेडमा वर्गीकरण गरेको छ। तर, उपाधि प्राप्त गर्न नसकेको शिक्षण संस्थाहरुलाई उपाधि प्राप्त गर्न नसक्नुको कारण सहित जानकारी गराईने जनाएको छ। उपाधि प्राप्त गर्न नसकेका संस्थाहरुमा सञ्चालित कार्यक्रमहरुको निरन्तरतामा कुनै बाधा नपुग्ने बताईएको छ।

कार्यक्रमम धनगढी नमुना माध्यामिक विद्यालयका प्रधानाध्यापक लक्ष्मणदत्तस्तर निर्धारणले गर्दा प्राविधिक धार भएका विद्यालयलाई गुणस्तर शिक्षा प्रदान गर्नमा टेवा पुग्ने बताए। त्यस्तै गरी कार्यक्रममा सिटीईभिटी सुदूरपश्चिम प्रदेश कार्यलयका निर्देशक दिपेन्द अधिकारीले प्राविधि धारणका विद्यालयहरु धेरै छन। स्तर निर्धारण गुणस्तर मापन गर्नमा अर्थात सुनिश्चित गर्नका लागि यो नीति लिएको बताए। सुदूरपश्चिम प्रदेशमा १२० सिटीईभिटीबाट मान्यता प्राप्त विद्यालयहरु रहेका छन्।

कमेन्ट लोड गर्नुस