बसर युवा क्लबका अध्यक्ष देउवाले जन्म दिनमा डस्ट विन वितरण गरे

धनगढीः कैलालीको बसर युवा क्लबका अध्यक्ष गणेश देउवाले डस्टविन वितरण गरेका छन्।
जिल्लाको चुरे गाउँपालिका–३ मा रहेको क्लबका गणेश देउवाले सामाजिक उत्तर दायित्व बहन गर्दै विभिन्न ठाउँमा गएर डस्ट विन वितरण गरेका हुन्।

चुरेलाई हरियाली र स्वच्छ बनाउने लक्ष्यसहित मानिसहरूको भिडभाड हुने सार्वजनिक स्थानहरूमा डस्टविनहरू हस्तान्तरण गरेको उनले बताए। ‘सफा–सुन्दर चुरे हाम्रो अभियान’ भन्ने नारासहित नयाँ अभियानको पनि सुरुवात गरेको उनले बताए। अभियानले सफाइ र वातावरण संरक्षणमा ठूलो सहयोग पुग्ने र सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह हुने दाबी देउवाको छ। जन्म दिनमा भोज वा पार्टी गरेर खर्च गर्नुको साटो यस्तो कामले समाजमा सकारात्मक हुने चुरे र विकासमा टेवा पुग्ने उनको तर्क छ।

विगतमा पनि विद्यालयलाई शैक्षिक सामग्री वितरण, वृद्धाश्रममा सहयोग गरेर उनले जन्म दिन मनाउने गरेका छन्। आज सबै सार्वजनिक ठाउँमा आफै पुगेर त्यहाँ स्थानीय लाई भेला गरी वितरण गरेका हुन्।

चुरेमा रहेको बसर युवा क्लबका युवाहरूले विभिन्न समयमा रचारात्मक कामहरू गर्दै आएका छन्। स्वस्थ शिविर, वडा कप भलिबलदेखि प्रदेश स्तरीय भलिबल, चुरेमा पहिलो पटक कर्पेारेट स्थरको पेनाल्टी सुट आउट प्रतियोगिता, गरीब र जेहेनदार विद्यार्थीलाई कापी, कलम, झोला सहयोग, वृहत् वृक्षरोपण कार्यक्रम, पर्यटन महोत्सव, आमा समूहका माहिलाहरूलाई सेनेटरी प्याड वितरण, चुरेलाई खेल मार्फत चिनाएको भन्दै उत्कृट खेलाडी र दुर्गममा पनि उत्कृष्ट सेवा दिएको भन्दै स्वस्थ चौकीलाई सम्मान, सामाजिक कुरीति, छुवाछुत, अन्धविश्वास लगायतमा जनचेतना जस्ता कामहरू क्लबले गर्दै आईरहेको छ।