सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रेसकाउन्सिलले गर्यो पत्रपत्रिकाहरुलाई नयाँ नियम लागु

। फोटो स्रोत ।
२०७६ साउन १, ०४:३१

प्रेस काउन्सिल नेपालले पत्रपत्रिकाहरुको अभिलेखीकरणका सन्दर्भमा नयाँ नियम लागू गरेको छ। आमसञ्चारका माध्यमहरुको अभिलेखीकरण, वर्गीकरण र आचारसंहिता अनुगमन तथा सञ्चारसम्बद्ध झमेला र मुद्धामामिला हेर्दै आएको निकाय प्रेस काउन्सिल नेपालले २०७६ साउन १ गते देखि पत्रपत्रिकाको ‘डिजिटल हाजिरी अभिलेखीकरण प्रणाली’ लागू गरेको हो।

अब पत्रपत्रिकाका प्रकाशकहरूले आफ्ना प्रकाशन अङ्कहरुको पीडीएफ फाइल बनाएर काउन्सिलको ‘पत्रपत्रिका व्यवस्थापन प्रणाली’ मार्फत् अपलोड गरी ‘हाजिरी’ गराउनु पर्ने जनाएको छ। पत्रपत्रिकाहरूबाट इन्टरनेटको माध्यमबाट उपलब्ध हुने डिजिटल कपी काउन्सिलको सर्भरमा अपलोड भई सोबाट काउन्सिलमा डिजिटल अभिलेख तयार हुनेछ।

आर्थीक वर्ष  २०७६–७७ को साउनदेखि प्रकाशन भएका सम्पूर्ण पत्रपत्रिकाहरू अनिवार्य रूपमा अनलाइनमार्फत हाजिरी गर्नुपर्ने भन्दै काउन्सिलले विज्ञप्तिमार्फत जानकारी गराएको छ। 

प्रेसकाउन्सिल नेपालले जारी गरेको सुचना :

कमेन्ट लोड गर्नुस