सुदूर नेपाललाई विश्वसँग जोड्दै

हातमा कालोपट्टी बाँधेर कर्मचारी आन्दोलनमा

२०८२ जेठ २५, ०४:०२ खबर संवाददाता

धनगढीः कैलालीमा संघीय सरकार अन्तर्गतका सरकारी कार्यालयमा कर्मचारीहरूले हातमा कालोपट्टी बाँधेर बिरोधमा उत्रिएका छन्। 

संघीय सरकारले निजामती कर्मचारी मैत्री ऐन ल्याउन माग गर्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन्।

सरकारले निर्माण गर्न लागेको संघीय निजामती सेवा ऐनमा कर्मचारी मैत्री प्रावधान राख्न सरकारलाई दबाब दिने उद्देश्यले संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जालको पूर्व निर्धारित कार्यक्रमअनुसार  कर्मचारीहरूले हातमा कालोपट्टी बाँधेको विज्ञप्तिमा उल्लेख छ।

संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जालले २५ गतेदेखि अर्को निर्णय नभएसम्म हातमा कालोपट्टी बाँधेर कामकाज गर्ने जनाएको छ। केन्द्रीय निर्देशनअनुसार नै कैलालीमा पनि कालोपट्टी बाँधेर कर्मचारीहरू कार्यालयमा काम गरिरहेका छन्।
 

कमेन्ट लोड गर्नुस