सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउदै

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने भएको छ। ]
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम ल्याउने भएको हो। प्रदेश सभाको शुक्रवार साँझ ४ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची तय भएको छ।

प्रदेश सभा सचिवालयले प्रदेश प्रमुख नजिर मियाँले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची निर्धारण भएको जनाएको छ। प्रदेश सभामा नीति तथा कार्यक्रम पेस हुनु पूर्व मन्त्रीपरिषद्को बैठकले स्वीकृत गर्नुपर्ने प्रावधान छ।

नीति तथा कार्यक्रममाथि छलफल गरेर पारित गर्न मुख्यमन्त्री कमलबहादुर शाहले बिहिवार मन्त्रीपरिषद्को बैठक बोलाएका थिए। राति ११ बजेसम्म मन्त्रीपरिषद् बैठक चलेपनि थियो।